गुल्मीको एक बिद्यालय चलाउन नसकेर महायज्ञद्धारा सार्वाजानिक याचना

Posted on: 15 Sep, 2018

प्रेम सुनार | भदौ ३०, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको एक विद्यालयले माध्यामिक तहको कक्षा सञ्चालन गर्न नसकेर आम सर्वसाधरण संग सहयोगको याचना गर्न महायज्ञ सञ्चालन गर्न बाध्य भएको छ ।  जिल्लाको इस्मागाउँपालिका वडा नम्बर २ मा पर्ने पालुखा माध्यमिक बिद्यालय सरकारी निकायबाट विद्यालय सञ्चालन गर्न नसकेर  यहायज्ञ गर्न बाध्य भएको हो ।

उच्च कक्षा सञ्चालन गर्नको लागि बिद्यालयको आर्थिक अबस्था कम्जोर भएपछी महायज्ञ पूजा आयोजना गरिएको पालुखा माबिका प्रधानाध्यापक बावुराम खत्रीले बताए । बिद्यायलयमा शनिवार बसेको भेलाले यहि आउँदो असोज २२ गते देखि ३० गते सम्म महायज्ञ गर्ने मिति तय गरेको प्रधानाध्यापक खत्रीले जानकारी दिए  ।

भेलाले महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरेको छ । महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गरेको खत्रीले बताए ।

९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । २०३५ सालमा स्थापना भएको बिद्यालयमा लामो समय सम्म ५ कक्षा सम्म सञ्चालन हुदै आएको थियो । आर्थिक अबस्था कम्जोर हुँदाहुादै केहि वर्ष पहिलेबाट ८ कक्षा सम्म र केहि वर्ष यता कक्षा १० सम्म पठनपाठन हुदै आएको छ ।

बिद्यालयलको आर्थिक अबस्था निकै दयानिय अबस्थामा १० कक्षा सम्म सञ्चालन गर्दै आएको बिद्यालयले  खर्च थेग्न नसकेर  चन्दा सहयोग र देउसी भैलो खेलेर बढो मुस्कीलले चलाउँदै आएको छ । सदरमुकाम नजिकै रहेर पनि ओझेलमा परेको बिद्यालयलाई अगाडी ल्याउनको लागि भन्दै पछिल्लो समय यता स्थानियले बिभिन्न जग्गा दान गरेर नयाँ भवन समेत निर्माण गरेका छन् ।


भवन निर्माण र आबश्यक  विषयगत शिक्षकहरुलाई तलव खुवाउन मुस्कील परेपछि  महायज्ञ आयोजना गरिएको बिद्यालयका निर्वतमान प्रधानध्यापक सुरेन्द्र पोण्डेयले बताए ।

कक्षा १० संगै बिद्यालयले  कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने उद्देश्यका साथ महायज्ञ सुरु गर्न लागिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीले बताए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

बिद्यालयका निर्वतमान प्रधानाध्यापक सुरेन्द्र पाण्डेयको स्वगत रहेको कार्यक्रमको सञ्चालन जिल्लासमन्वय समिति गुल्मीका सदस्य दलबहादुर बिश्वकर्माले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!