रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

Posted on: 12 Jul, 2020

असार २८, गुल्मी। वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका–६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । 

सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौं सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् ।  सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास –इन्द्रेगौंडा र तम्घास–मुसिकोट सडक पनि अवरुद्ध भएका छन् ।  मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि  शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!