हिउदे बर्षातले गुल्मीका किसानलाई राहत

Posted on: 24 Jan, 2019

लक्ष्मी अर्याल | माघ १०, गुल्मी | मंगलबारदेखि परेको हिँउदे बर्षातले गुल्मीका किसानलाई राहत मिलेको छ । लामो समयदेखि पानि नपर्दा किसानलाइ समस्या परेको थियो । पानि परेसँगै कृषकले लगाएका बेमौसमी तरकारि बालि,फलफुल लगाएतका अन्य बालीलाइ राहत मिलेको हो । वर्षात पछि बाँझै रहेका पाखा बारि पनि अब जोतेर बालि लगाउने कृषक बताउँछन् । लामो समयसम्म पानि नपर्दा कृषकले लगाएका तरकारि बालि पनि सुक्दै गएकाले किसान चिन्तित भएका थिए । यसवर्ष हिँउदे बर्षा बर्षा लामो समयदेखि परेको थिएन । वर्षात नहँुदा पानीका मुहान सुक्दै गएका थिए । जसका कारण जिल्लाका विभिन्न स्थानमा पानिको हाँहाँकार मच्चीएको थियो । लामो समयसम्म पानि नपर्दा जिल्लाका ग्रामिण क्षेत्रका कच्ची सडकहरुमा धुलो उडेर यात्रु तथा स्थानिएको जनजिवन कष्टकर बनेको थियो । तर , पानि परेपछि चिसो बढेसँगै गुल्मीको जनजिवन कष्टकर बनेको छ । बर्षातले गुल्मी लगाएत छिमेकि जिल्ला अर्घाखाँचि,बाग्लङ्ग,पाल्पा ,प्युठान लगाएतका जिल्लाहरुमा चिसो ह्वात्तै बढेको हो । चिसोका कारण तम्घास बजारमा चहलपहल देखिएको  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!