गोरखामा एकै परिवारका तीन जना मृत फेला

Posted on: 22 Feb, 2021

फागुन १०,काठमाडौं । गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्लाको  बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका हुन् ।

बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

स्थानीयका अनुसार बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरु मृतअवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बारपाकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!