गोरखामा विद्यालयका कार्यालय सहयोगी मृत फेला

Posted on: 13 Aug, 2019

साउन २८, गोरखा । विद्यालयका कार्यालय सहयोगी मृत फेला फेला परेका छन | गोरखाको गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान  मृत फेला फेला परेका  हुन् |

‘बिद्यालयबाट बेलुकी आठ बजे सधैं घर जान्थे, हिँजो साढे आठ बजे विद्यालयबाट खाना खाएर निस्केका रहेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले भने, ‘आज बिहान ५ बजे विद्यालय नआएपछि मलाई फोन आयो, घरमा बुझ्दा हिँजोदेखि घर नगएको भन्ने कुरा थाहा भयो ।’

त्यसपछि उनको खोजी सुरु गरिएको थियो ।  अध्यक्षले भने, विद्यालयदेखि केही मिटर माथिको सडक छेउमा एउटा चप्पल, बिस्कुट र लाइट भएको प्लाष्टिकको पोको भेटियो । ‘सडकमा एउटा चप्पल देखेपछि हामी खोज्दै तल जंगलतिर गयौं, मान्छे घिस्रेको डोब थियो, हेर्दै जाँदा तल उनको शव भेट्यौं अनि प्रहरीलाई खबर गर्‍यौ,’

सडकबाट करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । मृतक घिमिरेको टाउको र खुट्टामा चोट देखिएको छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका-१० नौविसेका घिमिरे करिब २० वर्षदेखि मनकामना आवासीय बहिरा माविमा कार्यरत छन् । घिमिरे पनि कान सुन्दैनथे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!