गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 23 Apr, 2019

काठमाडौं । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । गण्डकी गाउँपालिका–३ मा  बिजुलीको पोलमा काम गर्न जाँदा करेन्ट लागि स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको मृत्यु भएको हो । 

बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको स्थानीय धुव्र दुवाडीले जानकारी दिए । 

अहिले पनि उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको उनले बताए । घटनाबारे प्रहरीलाई खबर गरिएको छ । 

भुवन गाउँमा केही वर्षदेखि बिजुलीको काम गर्दै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!