सागर पन्तको संयोजकत्वमा मार्क्सवादी युवा मञ्च नेपाल गठन

Posted on: 15 Dec, 2019

मंसिर २९, गोरखा । सागर पन्तको संयोजकत्वमा मार्क्सवादी युवा मञ्च नेपाल गठन भएको छ ।  गोरखाको एतिहासिक स्थल लिगलिगकोटमा सम्पन्न दुई दिने प्रथम भेलाबाट सागर पन्तको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । 


मञ्चको सचिवमा बिकास भट्टराईलाई चयन भएका छन् भने सदस्यहरुमा धिरज उपरकोटी, अर्जुन पन्त, सुमन अधिकारी, अशोक मरहट्टा, अनित पन्त, बसन्त देवकोटा रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा देवराज गुरुङ, नारायण अधिकारी, हरि भट्ट, सुवास ढकाल, रबिन गैरे, अञ्जन कुमार श्रेष्ठ, सुशिल दुवाडी र अभिषेक अर्याल रहेका छन् । 

जिल्ला जिल्लामा पुगेर माक्र्सबाद सम्बन्धी छलफल, अन्तरक्रिया तथा बैचारिक स्कुल सञ्चालन गर्ने उद्देश्यले मंच गठन गरिएको संयोजक पन्तले जानकारी दिए । त्यस्तै भेलाले गोरखाको ऐतिहासिक लिगलिगकोट लगायत अन्य क्षेत्रमा पर्यटन प्रर्बद्धनका लागि सक्दो भूमिका खेल्ने निणर्य पनि गरेको संयोजक पन्तले बताए । 

भेलामा नेकपा गण्डकी प्रदेशका सदस्य जुद्धबिलास भण्डारी, नेकपा पालुङटार  नगर कमिटी अध्यक्ष विवश चिन्तन  लगायतको सहभागिता रहेको थियो ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!