देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ: प्रवक्ता श्रेष्ठ

Posted on: 13 Apr, 2019

चैत ३०, गोरखा (रासस) | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताउनुभएको छ । 

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा आज आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो । वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वलाई जनताले सरकारको नेतृत्व गर्न मात्र नभई देशको विकास र परिवर्तनको समेत नेतृत्व गर्न पठाएकाले सरकार त्यही दिशामा अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।  

देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला भएको भन्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारबाट मात्र विकास र समृद्धि सम्भव हुने दाबी गर्नुभयो ।

सङ्घीय सरकार र प्रदेश सरकार बनेको एक वर्ष पूरा भएको तथा स्थानीय सरकार बनेको दुई वर्षमात्र पुग्न लागेको भन्दै प्रवक्ता श्रेष्ठले यो अवधि जनताले सोचेको जस्तो परिवर्तनका लागि पर्याप्त नभएको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!