देशभर २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा, कुन कम्पनीको शाखा कहाँ छ ? (सूचीसहित)

Posted on: 07 Jan, 2021

पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाऊन हाल ८ सय ५४ म्यानपावर कम्पनीलाई संचालन अनुमति दिएको छ। संचालन अनुमति पाएका यी म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर मात्र आफ्ना शाखा कार्यालय खोल्न पाउनेछन् ।

संस्थागत रुपमा इजाजतपत्र लिएर वैदेशिक रोजगारीका लागि काम गर्ने म्यानपावर कम्पनी मात्र नभएर सानो कोठामा म्यानपावर शाखा हो भन्दै युवाहरुको पासपोर्ट कलेक्सन गर्ने देखि रकम लिनेसम्म यस्तै अवैध कार्यालयबाट हुने गर्दछन् । यस्ता गतिविधि न्यूनीकरण गर्नको लागि कुन संस्था आधिकारिक हो या होइन बुझ्नुपर्ने हुन्छ ।

सरकारले एजेन्ट व्यवस्था खारेज गरिसकेको छ तर पहिले एजेन्ट भएर काम गरेका तिनै व्यक्तिहरुले अहिले पनि म्यानपावर कम्पनीका नाममा देशका विभिन्न भागमा अवैध कार्यालय संचालन गरिरहेका गुनासा पनि आउने गरेका छन् । तर विभागले सार्वजनिक गरेको पछिल्लो अपडेट अभिलेख अनुसार २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा रहेको पाइएको छ । तसर्थ यी कार्यालय बाहेक अन्य ठाउँबाट वैदेशिक रोजगारीका लागि प्रक्रिया शुरु गर्नु, पासपोर्ट संकलन गर्नु, लेनदेन गर्नु गैरकानूनी हो । 

आधिकारिक शाखा कार्यालय बाहेक कुनै अन्य शाखा वा एजेन्ट कार्यालय देख्नुभएमा वैदेशिक रोजगार विभागको टोल फ्रि नं : १६६००१०९९९९ / ०१-४७८२६२१ नम्बरमा उजुरी तथा गुनासो टिपाउन सकिनेछ । 

म्यानपावर कम्पनीका शाखा कार्यालयहरुको विवरण



यस बिषयमा तपाइको प्रतिक्रिया...!