वैदेशिक रोजगारमा LT (Lot) नम्वर भनेको के हो ?

Posted on: 15 Oct, 2020

अनिल अधिकारी | वैदेशिक रोजगारमा पठाउन सरकारले मान्यता दिएको म्यानपावरले बिभिन्न देशको कम्पनीबाट मागपत्र लिन्छ ।  म्यानपावरले ल्याएको मागपत्र सम्बन्धित देशको दुतावासले प्रमाणीकरण गर्छ र त्यही मागपत्र वैदेशिक रोजगार बिभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड हुन्छ । उक्त मागपत्रलाई वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति दिन्छ । म्यानपावर व्यवसायीले पूर्वस्वीकृति पाइसकेपछि पत्रिकामा विज्ञापन गर्नुपर्छ । त्यहि 'पूर्वस्वीकृति'लाई ट्रयाक गर्न एउटा नम्बर दिईएको हुन्छ, त्यसैलाई लट 'LT' (Lot) नम्बर भनिन्छ । वैदेशिक रोजगारको कुनैपनि माध्यमबाट बिज्ञापन दिँदा अनिवार्य LT नम्बर उल्लेख गर्नुपर्छ । 

कुनैपनि डिमाण्डको लट नम्बर छ भने त्यस डिमाण्ड सरकारद्वारा मान्यताप्राप्त छ भन्ने बुझ्नुपर्छ । जसलाई आफैले वैदेशिक रोजगार मोबाइल एप वा www.dofe.gov.np मा गई उक्त नम्बर हानेर कुनै पनि मान्यताप्राप्त वैदेशिक रोजगारको मागबारे पुरा जानकारी पाउन सकिन्छ । लट नम्बर पाएपछि कुनै पनि डिमाण्डमा कुन म्यानपावरले पठाउदैछ ? विदेशको कुन कम्पनीमा पठाउदैछ ? कुन पदमा पठाउदैछ ? कति तलब तोकिएको छ ? सेवा/सुविधा के कस्तो छ ? भन्ने आधिकारिक जानकारी प्राप्त हुन्छ । 

याद राख्नुहोस्, LT नम्बर उल्लेख नगरी बैदेशिक रोजगारको बिज्ञापन गर्न नपाइने वैदेशिक रोजगार विभागको नीति रहेको छ । विदेश जान प्रक्रिया सुरु गर्नु अघि अनिवार्य रुपमा आफू जान लागेको रोजगारीको LT नम्बर आफैले चेक गरेर सबै जानकारी लिनु पर्दछ । यसरी वैदेशिक रोजगारीमा जाँदा विदेशमा गएर समस्यामा परे वा पुर्व स्वीकृति अनुसारको सेवा सुविधा नभए, कम्पनी फरक भएमा वैदेशिक रोजगार विभागमा उजुरी दिएर समस्या समाधान वा क्षेतीपूर्ति समेत लिन पाइन्छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!