नेपालबाट युएई यसरी आईसीए अप्रुभल लिएर जान सकिन्छ (लिंक सहित)

Posted on: 24 Aug, 2020

भदौ ८, काठमाडौँ | कोरोना महामारीको कारण विश्व यतिखेर तनाबमा छ । कयौं आर्थिक क्षेतीलाई ध्यान नदिई विश्वव्यापी फैलिरहेको कोरोना महामारी नियन्त्रणमा विश्व लागि परेको छ । 

यसै बीच युएईले विदेशमा अलपत्र परेका आफ्ना नागरिक तथा आफ्नो देशमा कार्यरत भई विदामा अन्यत्र गएका बिदेशी नागरिक समेतलाई युएई जान एउटा स्मार्ट एप्लिकेसन फारम खूला गर्दै आएको छ ।

उक्त सेवाले युएईको लागि प्रवेश अनुमतिको लागि आवेदन दिन प्रयास गर्दछ । युएईलप Federal Authority For identity and Citizenship ले यस सेवाको उद्देश्य लाई स्पष्ट पार्दै भनेको छ 'यो सेवा आपातकालीन अवस्थामा युएईमा सुरक्षित फिर्तीलाई सहज तुल्याउनु हो।' भनि उल्लेख गरेको छ । 

नेपालबाट वैदेशिक रोजगारीको क्रममा युएई रही विदामा नेपाल आएका तर कोरोनाको कारण जान नपाएकाहरुले समेत आईसिए सेवा मार्फत फारम भरेर युएई जाने अनुमति पाईरहेका छन् । 


तलको लिंकमा क्लिक गरि आफूले लिन चाहेको सेवा छानी आवश्यक विवरण भर्न पर्छ र अनुमति पाएपछि युएईको टिकट काटेर जान सकिन्छ । जुन दिनको लागि अनुमति लिईएको छ सोहि दिनको लागि मात्र उक्त अनुमति मान्य हुनेछ । 

लिंक: 

https://beta.smartservices.ica.gov.ae/echannels/web/client/guest/index.html#/dashboard

यस बिषयमा तपाइको प्रतिक्रिया...!