'बैदेशिक रोजगार' को नयाँ एप (डाउनलोड गर्नुहोस्)

Posted on: 24 Jan, 2020

माघ ९, काठमाडौँ | बैदेशिक रोजगारमा जाने नेपालीहरुको लोकप्रिय बनेको 'बैदेशिक रोजगार' को पुरानो एपमा केहि समस्या आएपछि साझा सबाल मिडियाले नयाँ एप सार्वजनिक गरेको छ । मिडियाले पुरानै नाममा नयाँ एप प्ले स्टोरमा सार्वजनिक गरेको हो । 

प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएका छन् भने थप फिचरहरु अपडेटमा रहेको छ । 

पहिलेको पुरानो एप चलाईरहेकाहरुले उक्त एप अनस्टल गरेर नयाँ एप इन्स्टल गर्न सक्नेछन् ।  तलको लिंकमा क्लिक गरेर वा सिधै आफ्नो मोबाइलको Play Store मा गएर Baideshik Rojgar सर्च गरेर 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्न सकिन्छ । 

https://play.google.com/store/apps/details?id=com.sajhajobs.project

बैदेशिक रोजगार एपको बारेमा

'बैदेशिक रोजगार' एप बैदेशिक रोजगारीमा जान चाहने तथा विदेशमा रहनु भएका लाखौँ नेपालीहरुको सुविधाको लागि तयार पारिएको हो । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो ।

यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापनबारे बिस्तृत जानकारी लिएर आफूलाई मन परेको डिमाण्डमा सिधै Apply गर्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गर्न र सबै बुझेर बैदेशिक रोजगारीमा जान सहयोग गर्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारीबारे जानकारीहरु, बिभिन्न देशमा रहेका दुतावासहरुबारे जानकारीहरु, बैदेशिक रोजगार सम्बन्धि काम गर्ने मेडिकल संस्था, विमा कम्पनि, बैंक, अभिमुखिकरण संस्था र तालिम केन्द्रबारे जानकारी लिन र तिनीहरुको लोकेसन समेत हेर्न सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!