ट्याक्सी चढ्दा कति तिर्ने भाडा ? विमास्थलबाट ट्याक्सी चढ्दा के छ नियम ?

Posted on: 17 Feb, 2019

फागुन ५, काठमाडौँ | नेपाल सरकारले सार्वजनिक भाडाका यात्रुवाहक, मालवाहक सवारी साधन (ट्रक) एवं मिटर जडित ट्याक्सीको भाडादर तोक्ने गरेको छ । साथै तोकिएको दरभन्दा बढी लिएको गुनाशो गरे कारवाही समेत गर्ने गरेको छ । 

पछिल्लो पटक २०७५ असोज ७ गतेको निर्णय अनुसार पहिले प्रचलनमा रहेको भाडादरमा १० प्रतिशतका दरले वृद्धि गरी समायोजन गरेको थियो । सोहि नीति बमोजिम देशभरी बिभिन्न स्थानमा चल्ने सार्वजनिक भाडाका मिटर ट्याक्सी चढ्दा प्रति कि.मी. रु. ३९ कायम गरिएको छ । यसमा फ्लयाक डाउन मूल्य रु. १४ रहेको छ । त्यसपछि प्रति २०० मिटरमा रु. ७.८० लाग्छ ।

विदेशबाट फर्केकाहरुलाई सुविधाको लागि विमानस्थलबाट चल्ने ट्याक्सीको भाडादर 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संचालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाडौं उपत्यका भित्र शहरी क्षेत्रका लागि ० देखि ५ कि.मी. सम्म ५ सय २९ रुपयाँ १० पैसा लाग्छ । ५ कि.मी. पछि भने प्रति कि.मी. रु. ७४ रुपयाँ ८० पैसा लिन पाउने नियम छ । त्यसो त विमानस्थलबाट काठमाडौँभरी जुनसुकै स्थानमा गए पनि अधिकतम १ हजार १ सय ५७ रुपयाँ २० पैसा मात्र लिन पाउन नियम छ । 

नियमानुसार भाडा बढी अशुलेको खण्डमा निस्सा सहित यातायात व्यवस्था विभागको फ्याक्स नं. ४४७४९२२, टेलिफोन नम्बर ४४७९६९० र [email protected]  वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ मा सम्पर्क गरी वा  email : [email protected] मा इमेल पठाई वा नजिकको जिल्ला प्रशासन कार्यालय वा ट्राफिक प्रहरी वा प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०१ र १०३ वा यातायात व्यवस्था कार्यालयमा जानकारी गराउन सकिने यातायात व्यवस्था बिभागले जानकारी गराएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!