एलिजालाई सनिशले भने ‘तिम्रो बानी परेछ’

Posted on: 31 Dec, 2020

पुस ११, काठमाडौं। साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’को सार्वजनिक भएको छ । दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजना रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री एलिजा गौतम र स्वयम् गायक सनिश श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतमा प्रेमकथा बुनिएको छ । आवेश बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!