‘छक्का पन्जा ३’ युट्युब ट्रेन्डिङमा

Posted on: 25 Dec, 2020

पुस १०, काठमाडौं । बुधबार साँझमात्रै सार्वजनिक भएको फिल्म ‘छक्का पन्जा–३’ युट्युब ट्रेन्डिङमा परेको छ | फिल्मले ४८ घन्टा नपुग्दै करिब २१ लाख भियुज पाएर युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको हो |

फिल्म हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक गरिएको थियो | फिल्मले ७१ हजार लाईक र ८ हजार बढी डिस्लाइक पाएको छ | दिपाश्री निरौलाको निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ |

दीपक आफैंले तयार पारेको उक्त फिल्मको कथामा आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!