रमेश प्रसाई र नन्दको विवाह (हेर्नुहोस तस्बिरमा)

Posted on: 07 Dec, 2020

मंसिर २२, काठमाडौं | सोमबार गायक रमेश प्रसाई र नन्दा सिंह बिच विवाह भएको छ | उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको हो |

३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् | 

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो | पछिल्लो समय उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले निकै भाइरल बनेको छ | रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् |

नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!