१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति भएकी छिन | आइतबार चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन् |

उनी अमेरिकी नागरिक हुन् |

अमेरिकी अखबार द भर्जले जनाएअनुसार १६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन् | उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडिओ पोस्ट गरेकी थिइन् | उनले पहिलो पटक आफ्नो कोठाभित्र नाचेको भिडिओ बनाएकी थिइन् | 

एउटी सामान्य किशोरी एकाध वर्षमा चर्चित टिकटक स्टार मात्र भइनन्, टिकटक बाहिर पनि उनको करिओर राम्रो हुँदै गएको छ | उनले अमेरिकाकी चर्चित गायक जेनिफर लोपेजको म्यूजिक भिडिओमा पनि सँगै काम गरिसकेकी छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!