भारती र उनका श्रीमानलाई जमानतमा छाड्न अदालतले दियो अनुमति

Posted on: 23 Nov, 2020

मंसिर ८, एजेन्सी | लागू औषध नियन्त्रण पक्राउ परेका भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न अनुमति दिएको छ | उनीहरु दुबैलाई औषध नियन्त्रण ब्युरोले शनिबार पक्राउ गरेको  हो | 

उनीहरूले जमानतको लागि अदालतमा याचिका दायर गरेका थिए | प्रहरी संगको बयानमा भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरिसकेका छन् | उनीहरूको घर तथा कार्यालयबाट उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो ८६.५ ग्राम गाँजा बरामद गरेको थियो | 

भारतीय कानुन अनुसार,६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ | उनीहरुलाई लागू औषध कारोबारीले दिएको जानकारी अनुसार प्रहरीले पक्राउ गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!