भारती सिंहका श्रीमान् हर्ष पनि पक्राउ

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | भारतीय हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ | नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)  का क्षेत्रीय निर्देशक समिर वनखेडेले पक्राउ गरेको पुष्टि गरेका हुन् | 

भारती र हर्षको घरमा शनिबार छापा मार्दा गाँजा भेटिएको थियो | हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्विकार गरिसकेको एनसीबी अधिकारीले बताएका छन् | घरमा गाँजा भेटिएपछि भारती र हर्षलाई समन पठाएर एनसीबी कार्यालयमा सोधपुछका लागि बोलाइएको थियो |

शनिबार बेलुका सोधपुछ पछि भारतीय सिंहलाई पक्राउ गरिएको थियो |

भारतीकी आमालाई छोरीलाई राती नै भेट्न पुगिन् तर भेट्ने अनुमति दिइएन | आइतबार भारतीलाई अदालतमा पेश गरिने बताईएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!