कलाकार मनोज गजुरेलको आइसीयूमा उपचार हुँदै

Posted on: 06 Nov, 2020

कात्तिक २१ , काठमाडौं | बरिष्ठ हास्यकलाकार मनोज गजरेलको आइसीयूमा उपचार भइरहेको छ | कोरोना संक्रमण भएका उनलाई फोक्सोमा समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको  हो | 

यस अघि १० कात्तिकमा उनले सामाजिक संजाल फेसबुकबाट आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका थिए | घरमै आइसोलेसनमा बसिरहेका उनलाई अक्सिजन लेभल कम भएपछि बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो | 

आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक- फरक प्रतिक्रिया देखाइरहेको उनले बुधबार फेसबुक मार्फत जानकारी दिएका थिए | स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!