सिमा विवादबारे नेपाली अभिनेत्रीको अभिव्यक्ति 'मेरो इन्डियन फ्रेन्ड्ससँग म कसरी फेस गर्ने ?'

Posted on: 24 May, 2020

जेठ ११, काठमाडौँ | नेपालले आफ्नो भूमिसहित नक्सा सार्वजनिक गरेपछि सो बिषयमा सामाजिक संजाल ट्वीटर मार्फत बलिवुड अभिनेत्री मनिषा कोईरोलाको नेपालमा चौतर्फी प्रशंशा भईरहेको बेला नेपालकि एक अभिनेत्री भने सोहि बिषयमा बोल्दा आलोचित भएकी छन् । 

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । उनकै प्रशंशकहरुले समेत उनको आलोचना गर्दै 'घमण्डी' भनेका छन् । 

सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् । जसमा दुई देशबीच बिबाद छलफलबाट टुंग्याउन सकिने बताएकि छन् जसलाई सकारात्मक मानेपनि त्यसै भिडियोमा उनले नेपाली र भारतका पत्रकारहरुको आलोचना गर्दै आनावाश्यक विवादले आफूलाई समस्या पारेको भनेकी छन् । 


उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, 'देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।' उनको यतिसम्मको भनाई सकारात्मक मानिएपनि उनले भिडियोमा थप भनेकी छन् - 'मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।' 

राउतलाई विवादका कारण आफ्ना भारतीय साथीहरुसँग कसरी फेस गर्ने भन्ने अफ्ट्यारो भएको अभिव्यक्तिसंगै उनको आलोचना गरिएको छ  । आफ्नो व्यक्तिगत स्वार्थलाई देखाएर नायिका राउतले सिंगो देशको ध्यान खिचिएको बिषयमा नसुहाउँदो टिप्पणी दिएको भन्दै उनको आलोचना गरिएको हो । 

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले आफूलाई समस्या परेको उनले दिएको भिडियो अभिव्यक्तिमा स्पष्ट देख्न सकिन्छ । उनलाई देशको भन्दा भारतीय साथीको चिन्ता भएको भन्दै चौतर्फी आलोचना गरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!