बलिउडका यी अभिनेत्री,फिल्म शुटिङको क्रममा गर्भवती भए

Posted on: 28 Feb, 2020

फागुन १६, एजेन्सी | बलिउड अभिनेत्री जो कम्जोर हुँदा हुँदै पनि फिल्म शुटिङ गरेकी छिन् | उनीहरुले आफू गर्भवती भएको जान्दाजान्दै पनि फिल्ममा काम गरेका छन् | यी हुन् बलिउड अभिनेत्री फिल्म  शुटिङको क्रममा गर्भवती भएकी |

श्रीदेवी :सन् १९९७ मा फिल्म ‘जुदाई’ को शुटिङको क्रममा श्रीदेवी शुटिङ गर्भवती भएकी थिइन् । उनले उक्त फिल्म खेल्दा प्रोड्युसर बोनी कपूरसँग विवाह गरेकी हुन् |

हेमा मालिनी:हेमा मालिनी ‘रजिया सुल्तान’ को शुटिङको क्रममा गर्भवती भएकी थिइन् । उनले फिल्मपछि ईशा देओललाई जन्म दिइन् |

करीना कपूर खान :बलिउडकी सुन्दर अभिनेत्री करीना कपूर फिल्म ‘वीरे दी वेडिङ’ को क्रममा गर्भवती भएकी थिइन् | फिल्मको केही महिनापछि नै उनले तैमुरलाई जन्म दिइन् |  

काजोल :बलिउडकी अभिनेत्री काजोलले गर्भवती भएकै समयमा फिल्मको शुटिङ गरेकी थिइन् । उनी सन् २०१० मा ‘वी आर फेमिली’ को शुटिङमा गर्भवती थिइन् । फिल्म सकिएपछि उनले छोरा युगलाई जन्म दिएकी हुन् |

जुही चावला:बलिउड अभिनेत्री जुही चावलाले ‘झंकार बीट्स’ मा गर्भवती हुँदाहुँदै काम गरेकी थिइन् । उनी अहिले दुई बच्चाकी आमा बनेकी छिन् |

जया बच्चन: चर्चित नायिका जया बच्चनले गर्भवती हुँदाहुँदै पनि फिल्मको शुटिङ गरेकी थिइन् । उनले ‘शोले’ को शुटिङमा अभिताभसँग विवाह गरिसकेकी थिइन् । र फिल्मको शुटिङकै क्रममा उनी गर्भवती भएकी थिइन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!