नायिका स्वरा भास्करले यस्तो भनेपछि बनिन् ट्रोल

Posted on: 24 Feb, 2020

फागुन १२, एजेन्सी | नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल बनेकी छिन् | एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेट शोमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ |'

स्वरासँग नायक मोहम्मद जीशान अयूब र तिग्मांशु धूलियामा पनि उपस्थित थिए | उनले दिएको यो बयानपछि सामाजिक संजालमा ट्रोल बनेकी छिन् | नायिकालाई सोधिएको थियो, ‘सन् २०१० मा जब एनपीआरको प्रक्रिया सुरु भयो तब तपाईंलाई समस्या भएन ? ’ यसको जवाफमा स्वराले भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ ।’

 विकिपिडियाका अनुसार स्वराको जन्म ९ अप्रिल सन् १९८८ मा भएको थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!