‘भिटेन’को नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्द

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ | ‘भिटेन’ भनिने र्‍यापर समिर घिसिङले हालै युट्यूवमा सार्वजनिक गरेको नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्दहरु प्रयोग गरिएका छन् | उनी केहि समय अघि अश्लील गीत गाएको आरोपमा पक्राउ समेत परेर छुटेका थिए |

गत प्रणय दिवसका दिन भिटेनले ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरेका छन् | अहिले उनको भिडियो ट्रन्डिङमा रहेको छ | यो गीतमा भिटेनले आफ्नो विगतको ‘संघर्ष’ लाई वर्णन गरेका छन् | गीतभित्र ‘मु…’, ‘…न्डी’, ‘मा…ने’, पटक–पटक प्रयोग गरेका छन् | गीतको भिडियोमा उनका कन्सर्टहरुको दृष्य प्रयोग गरिएको छ |

‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रयोग गरिएका शब्द आपत्तिजनक रहेको र भिडियोमा प्रहरीको बर्दी दुरुपयोग गरेको,अश्लील गीतहरु गाएको र नेपाल प्रहरीको बदनाम गरेको आरोपमा भिटेनलाई गत कात्तिक ७ गते पक्राउ गरिएको थियो | उनी तीन दिन हिरासतमा बसेर छुटेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!