गायिका आस्था राउत धरौटीमा रिहा

Posted on: 28 Jan, 2020

माघ १४, काठमाडौं | विमान स्थलमा महिला प्रहरी माथि दुर्व्यवहारको आरोपमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन् | अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् |

सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रहरीलाई अनुमति दिएका थिए | राउतलाई थुनामा राखेपछि चौतर्फी प्रहरी संयन्त्रको दुरुपयोग भन्दै आलोचना समेत भएको थियो |

 माघ १ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो | घटना पछि राउतले  फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन्  | उनको  भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी गरेकी थिन | त्यसको चार दिन पछि  उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो | राउत सोमबार बिहान मात्रै प्रहरीसमक्ष उपस्थित भएकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!