ऐश्वर्याले छाडेका सुपरहिट फिल्महरु

Posted on: 01 Jul, 2016


मुम्बई । बलिउड नायिका ऐश्वर्या राय वच्चन अभिनित केही फिल्म अत्याधिक हिट छन् । कति फिल्म असफल पनि भए होला तर, ऐश्वर्या बलिउडमा एउटी सफल नायिकाको रुपमा चिनिन्छिन् ।

ऐश्वर्याका प्रशंसकहरुलाई जानकारी नहुनसक्छ । कुछ कुछ हो ता है, कभी खुसी कभी गम लगायत केही चर्चित फिल्मवाट पहिलो प्रस्ताव ऐश्वर्यालाई आएको थियो । ऐश्वर्याले प्रस्ताब अस्वीकार गरेपछि मात्रै अन्य नायिकाले अभिनय गरेका थिए ।

ऐश्वर्याको भनाई अनुसार जतिवेला उनी अमेरिकामा ‘आ अब लौट चले’ को सुटिङको तयारीमा थिइन् निर्देशक करण जौहरले कुछ कुछ होता है मा काम गर्नुपर्ने प्रस्ताब राखे । ‘आ अब लौट चले’ मा उनले ४० दिन काम गर्नुपर्ने थियो त्यसकारण करण जौहरको फिल्ममा काम गर्न सकिनन् ।

अर्को फिल्म ‘कभी खुसी कभी गम’ मा पनि पहिलो प्रस्ताब उनैलाई आएको थियो । काम गर्न भ्याइनन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘बाजीराव मस्तानी’ मा पनि निर्देशक भन्सालीले पहिलो प्रस्ताब ऐश्वर्यालाई राखेका थिए । ऐश्वर्याले नमानेपछि मात्रै दीपिका पादुकोण अनुबन्ध भएकी थिइन् ।

ऐश्वर्याले छाडेको अर्को चर्चित फिल्म हो ‘राजा हिन्दुस्तानी’ निर्देशक धर्मेश दर्शनले करिश्मा कपुर भन्दा पहिला ऐश्वर्यालाई प्रस्ताव राखेका थिए । मिस वल्ड कम्पीटिशनमा भाग लिन जानुपर्ने भएकाले ऐश्वर्याले काम गर्न सकिनन् ।

विपुल शाहले पनि सुपरहिट फिल्म ‘नमस्ते लण्डन’ मा ऐश्वर्यालाई नै पहिलो प्रस्ताव राखेका थिए । ऐश्वर्याले काम गर्न नभ्याएपछि मात्रै कटि्रना कैफले काम गरेकी थिईन् । शाहरुख खान र प्रीति जिन्टा अभिनित ‘वीर जारा’ मा पनि पहिलो प्रस्ताब ऐश्वर्यालाई नै गएको थियो । ऐश्वर्याले काम नगरेपछि मात्रै पि्रतीले काम गरेकी थिइन् ।

अत्याधिक सफल भएको चलचित्र ‘मुन्ना भाई एमबीबी एस’ मा पनि निर्देशक राज कुमार हिरानीले ग्रेसी सिंहको ठाउँमा ऐश्वर्यालाई प्रस्ताब गरेका थिए । ऐश्वर्याले नमानेपछि मात्रै ग्रेसी अनुबन्ध भएकी थिइन् । शाहरुख खान अभिनित अशोकामा ऐश्वर्याले नमानेपछी मात्रै करिना अनुबन्ध भएकी थिईन् । चलते चलते, दोस्ताना, वक्त लगायतका फिल्ममा पनि पहिलो प्रस्ताव ऐश्वर्यालाइ नै आएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!