‘तीन घुम्ती’ रिलिज, ‘लुकामारी’ दोश्रो हप्तामा

Posted on: 01 Jul, 2016


शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो हप्तामा पनि मल्टिप्लेक्समा राम्रो दर्शक पाएको चलचित्र ‘लुकामारी’लाई पनि पानीले असर पार्ने देखिएको छ ।

बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘तीन घुम्ती’ प्रतिक्षारत थियो । गरिमा पन्त, धु्रव दत्त, सुशान्त कार्की मुख्य भूमिका रहेको यो चलचित्र साहित्यबार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृतिमाथि आधारित छ ।

यस्तै, गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘लुकामारी’ले पनि मल्टिप्लेक्समा सुखद व्यापार गरिरहेको छ । निर्माणपक्षका अनुसार चलचित्रको शुक्रबार र शनिबारका लागि मल्टिप्लेक्समा वुकिङ राम्रो छ ।

श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, सुरविना कार्की, जेवीडीसी, रीस्ता बस्नेत मुख्य भूमिकामा छन् । क्राइम कमेडी यो चलचित्रले आजसम्म करिब ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।

यसरि, हेर्दा शुक्रबार र शनिबारबाट चलचित्र करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । आजबाटै चलचित्र ‘लाले’ पनि रिलिज भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!