पक्राउपछि दुर्गेशको 'ह्याप्पी तिहार गीत' युट्यूबबाट हट्यो

Posted on: 22 Oct, 2019

कात्तिक ५, काठमाडौँ | गायक दुर्गेश थापाको विवादित गीत ‘ह्याप्पी तिहार’ अन्ततः यूट्यूवबाट हटेको छ । प्रहरीको अनुरोधमा गायक दुर्गेश थापा आफैले गीत हटाएका हुन् ।

थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र काटेपछि गायक थापा प्रहरीकोमा तानिएका हुन् । जिप्रकालेकाटेको पत्रका आधारमा मंगलबार महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापाले टेकु प्रहरी परिसरबाटै उक्त गीत हटाएका हुन् । 


थापाको गीतमा वीयरको प्रचार गरिएको र सांस्कृतिक चाड देउसीलाई विकृत बनाउने काम गरेको आरोप छ । यूट्यूवमा भ्युअरले अत्याधिक आलोचना गरेपछि दुर्गेसले उक्त गीतमा युटुवबाट कमेन्ट गर्न नमिल्ने बनाएका थिए । 

थापाले गीत हटाएको भएपनि उक्त गीत सामाजिक संजाल र युटुवमा अझै पनि कयौंले पोष्ट गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!