इन्डियन आइडलमा अडिसन दिन पुगेका एक व्यक्तिद्वारा नेहा कक्कड़लाई जबर्जस्ति किस

Posted on: 20 Oct, 2019

कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, विशाल ददलानी र अनु मलिकले जज गर्दैछन् । यस पटक इंडियन आइडलको होस्ट आदित्य नारायणले गर्दैछन् ।

अहिले इन्डियन आइडलको अडिसन भईरहेको छ । नेहा कक्कड़, विशाल ददलानी र अनु मलिकले अडिसन लिईरहेका छन् । यही क्रममा केहि दिन अघि एक व्यक्तिले अडिसनको क्रममा हङ्गामा खडा गरेका छन् । उनको व्यवहारले सबैलाई दंग मात्र पारेन उक्त भिडियो भाइरल भएको छ । अडिशनको क्रममा पुगेका एक व्यक्तिले जजको रुपमा रहेकी गायिका नेहा कक्कड़लाई  को जबर्जस्ति किस गरिदिएका छन् ।

सोनी टिभीको अफिशल इन्स्टाग्राममा एक भिडियो पोस्ट गरिएको थियो, जसमा ति व्यक्तिले नेहालाई किस गर्दै गरेको स्पष्ट देख्न सकिन्छ । किस गरिएको दृश्य भिडियोको अन्त्यमा छ । भिडियोमा ति व्यक्तिले धेरै गिफ्ट लिएर स्टेजमा पुग्दछन् र पहिले नेहालाई अँगालो हाल्छन् र फेरी किस गर्छन । उनको उक्त व्यवहारदेखेर सबै दंग पर्छन । नेहा आफ्नो अनुहार लुकाउछिन् । यसैबीच भिडियोमा होस्ट गर्दै गरेका आदित्य नारायणले ति व्यक्तिलाई किस गर्नबाट रोक्ने कोशिश पनि गर्छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!