जनक ताम्राकारको नयाँ गीत "लाउँदिन" सार्वजनिक

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौँ | गायक जनक ताम्राकारको नयाँ गीत "लाउँदिन" सार्वजनिक भएको छ । महेश ताम्राकारको शब्द संगीतमा सजिएको गीत "लाउँदिन' हालै सार्वजनिक भएको हो । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समिश्रण गरेको पाइन्छ । 

यो गीत झट्टै सुन्दा क्लासिक फिल र फरक रिदम पक्रेको देखिन्छ । यस गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन् भने बिजु कर्माचार्यले मिक्स मास्टर गरेका हुन । म्युजिक भिडियोमा जनक संगै मनिता गहतराजको अभिनय देख्न सकिन्छ । यस गीतको छायाङ्कन प्रकाश जोन तामाङ्गले गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!