मोडल हन्ट नेपालको विजेता भए सुदिप र कुशिका

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौं । ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि सुदिप वस्ती र कुशिका प्रसाइले जितेका छन् । पाल्पा रामपुरका २३ बर्षिय वस्तीले २९ प्रतियोगीलाई पछि पार्दै पुरुष तर्फ र काठमाडौ कपनकी १८ बर्षिया कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि चुमेका हुन् । 


शनिबार साँझ होटल सोल्टीको प्रेक्षालयमा आयोजित कार्यक्रममा शिर्ष विजेता दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड,  मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्ताराष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।


साजसज्जा सहित भब्य रुपमा निर्माण गरिएको रनवेमा फेसनमय बातावरणमा आयोजित प्रतियोगीतामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप घोषित भए ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने  प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो । यो संस्करणसम्म आउदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे ।



परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पुर्व मिस नेपाल), सृजना रेग्मी (मोडल नायिका), दलजित सुदान (अन्तराष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर ( अन्तराष्ट्रिय फेसन कोरियोग्राफर) निर्णायक रहेको प्रतियोगिता फेसन शो शैलीमा संचालन गरिएको थियो ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।


मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्नका लागि मोडल हन्ट नेपालले महत्वपूर्ण योगदान दिने उनको भनाई रहेको थियो । 

प्रतियोगितामा दिविस सिंखडा, सम्झना रावत बेनिलि मोष्टइस्टाइलिस, रुपेश दहाल, ख्याति शर्मा गल्जब्युटी पार्लर वेष्टपर्सनालिटी, सम्सद शाह र कुशिका प्रसाई फ्लाइटेक वेष्टवाक, अनिल लिम्बु, सिमोना भट्टराई ओखती मिष्टर एण्ड मिस मल्टिमिडिया, केल्भिन कायस्था, विभुसी उपध्याय इविजा पब्लिकच्वाइस्, अमन शाह र विभुती उपाध्याय अयत्ना सोसियल्ली रेस्पोन्सिभल, सुदिप वस्ती, एलिना भुजु निस्चल फोटोग्राफी मोष्ट फोटोजेनिक विजेता बने ।

त्यस्तै हृतिका श्रेष्ठ र कुसुम रसाइली लुक्सकाट मोष्टपपुलर, केल्भिन कायस्था, प्रतिष्ठा थापा क्षेत्री नेस्ट मोडल नेपाल अर्गनाइजर्स चोइस, सुदिप वस्ती र प्रतिष्ठा थापा क्षेत्री सम्भाला वेष्ट फिजिक र फिगर विजेता चयन भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!