बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा प्रतिष्पर्धा गर्दै, भोट गर्न अपिल

Posted on: 16 Jul, 2019

कृष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् । 

समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर्दै आएकी छिन्। उनले भोट दिएर जिताउन सवै नेपालीलाई आग्रह पनि गरेकी छिन्।  अनलाइन भोटिङमा एक जनाले एक दिनमा एक भोट मात्र गर्न पाइने नियम छ। आगामी जुलाइ २० सम्म प्रत्येक दिन एक भोट गर्न सकिने छ । 

मतदान जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए घोषणा जुलाई २१ का दिन हुनेछ । 

भोट गर्न यहाँ क्लीक गर्नुहोस् 

बैतडीमा आगलगिबाट एक घर जलेर नस्ट, ५ लाख बराबरको क्षति

कृष्ण बिष्ट | बसार ३१, बैतडी | बैतडीको पञ्चेश्वर गाउपालिकामा एक घरमा आगलागी हुदा घर जलेर नस्ट भएको छ । वडा नं ५ लार्काेटका हजारी चन्दको घरमा सुधारिएको चुलाबाट खाना पकाउदा सल्केर घर जलेर पुर्ण रुपमा नस्ट भएको हो । 

आगलागी हुँदा चन्दको दुई तले कच्ची  जलेर नस्ट भएको र ५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

आज मध्यान्ह १२ बजेतीर सुधारीएकोे चुलोमा खाना पकाउँदा आगो सल्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिनुभयो । 

मानविय क्षती भने नभएको र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरी प्रवक्ता पातलीले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!