कस्टमेटिक साइन्टिस्ट- परिशी काररंजित (१० तश्वीर हेर्नुहोस्)

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौँ | बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणाबाट ईण्डियामा बसेर कस्टमेटिक साइन्स अध्यन गर्दै गरेकी सम्भबत: नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिध्यार्थी हुन् परिशी काररंजित । 

आफ्नो उमेर २ बर्ष हुँदा देखिनै  बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितले ब्युटी पार्लर सम्बन्धि काम गर्दै आएको र आफुलाई पनि सानै देखि सौन्दर्यबिद बन्ने चाहना भएको हुँदा अहिले मेहनतका साथ् परिवार बाट टाढा भएर बिदेशी भूमिमा बसेर कस्टमेटिक साइन्स पड्दै गरेको उनि बताउछिन ।


रोज सिप बिकाश तालिम केन्द्रको म्यानेजिङ डाइरेक्टर समेत रहेकी परिशी काररंजित एक कुशल मोडल समेत हुन् । उनले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुको साथै फेसन सो हरुमा समेत आफ्नो कला प्रदर्शन गरिसकेकी छिन ।

नेपालमा सौन्दर्य क्षेत्रमा राम्रो भबिष्य भएको हुँदा संगैका साथीहरु अस्ट्रेलिया अमेरिकाहरुमा अन्य विभिन्न बिषय अध्यन गर्न जादा आफु भने कस्टमेटिक साइन्स पढेर भोलिको दिनमा आफ्नै देशमा आएर केहि गर्न तथा सौन्दर्य क्षेत्रमा नयाँ आयाम थपेर नेपालको विश्व बिद्यालयमा समेत पाठ्यक्रम राखी नेपाली महिला तथा पुरुषहरुलाई आत्मनिर्भर बनाउन कस्टमेटिक साइन्स पढेको उनि बताउछिन । 


मास्टर डिग्री गर्न अझ २ बर्ष लाग्ने र त्यस पछि नेपालमा नै आएर सौन्दर्य क्षेत्रमा लाग्ने सोच भएकी परिशी फुर्सदमा मोडलिङ गर्ने समेत लक्ष्य रहेको जानकारी गराउछिन । घर परिवार तथा बिशेष गरि आमा बरिष्ट सौन्दर्यविद सोनी काररंजितको इच्छा चाहना समेतले कस्टमेटिक साइन्स पढ्दै गरेकी परिशी नेपालमा नयाँ नयाँ कस्ट्मेटिक सामानहरु समेत उत्पादन गर्ने र नेपाली बजारलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने सोचमा छिन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!