दिपेन्द्रको निर्देशनमा ‘पिली पिली जुनकिरी…’ (भिडियो सहित)

Posted on: 17 May, 2019

जेठ ३, काठमाडौं | ख्यातिप्राप्त लोक गायक बसन्त थापा, राजन गुरुङ, देवी घर्ति मगर र सुनिता गुरुङको स्वरमा लोकदोहोरि गीत ‘पिली पिली जुनकिरी…’ सार्वजनिक भएको छ । जुन गीतको भिडियोको कोरियोग्राफी तथा  निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् ।


प्रस्तुत गीतमा गायक बसन्त थापाको सङ्गीत, नबराज पन्तको शब्द रचना तथा आशिष अविरलको एरेञ्ज रहेको छ । गीतको भिडियोमा ओबी रायमाझी र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई ओबिजी इन्टरटेर्मेण्टले बजार ब्यबस्थापन गरेको छ । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!