चर्चित अभिनेत्री विद्या बालन शकुन्तलादेवीको बायोपिकमा

Posted on: 13 May, 2019

वैशाख २०, मुम्बई | बलिउडमा चर्चामा आउने गर्छिन एक्ट्रेस विद्या बालन । उनले आफ्नो चर्चालाई ‘द डर्टी पिक्चर’ मा अभिनय गरेपछि बढाउन सफल भइन् । यिनै विद्यालाई अब शकुन्तला देवीको बायोपिकमा देख्न पाइनेछ । उनि गणितीज्ञ शकुन्तला देवीको भूमिका निर्वाह गर्दैछिन् ।

शकुन्तला गणितमा तीक्ष्ण थिइन् । त्यसैले उनलाई मानव कम्प्युटरको नाम दिइएको थियो । विद्याले अफ्नो ट्विटर अकाउन्टमा यो खबर सेयर गरेकी छन् । उनले लेखेकी छन्,‘जिनियस शकुन्तलादेवीको भूमिका निर्वाह गर्न उत्साहित छु। मानव कम्प्युटरको सत्य घटनालाई जीवन्त बनाउन पाउँदा रोमाञ्चित छु ।’


एउटा सानो सहरकी भारतीय युवती जसले संसार हल्लाएकी थिइन्। खबरअनुसार यो फिल्म २०२० मा रिलिज हुनेछ। फिल्मको नाम ‘शकुन्तला देवी’ राखिएको छ। यो फिल्म ‘लन्डन पेरिस न्युयोर्क’ र ‘बेटिङ’ जस्ता फिल्मबाट चर्चामा आएकी अनु मेननले निर्देशन गर्दैछिन्। फिल्म विक्रम मल्होत्राले निर्माण गर्न लागेका हुन् । 

शकुन्तला देवीलाई उनको अविश्वसनीय रूपबाट छिटो गन्न सक्ने क्षमताको कारण ‘मानव कम्प्युटर’ को उपमा दिइएको हो। उनले कुनै औपचारिक शिक्षा लिएकी थिइनन्। यही प्रतिभाका कारण १९८२ मा उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो । एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!