अनुष्का श्रेष्ठ २०१९ को मिस नेपाल, कसले कुन विधामा उपाधि जिते ?

Posted on: 10 May, 2019

वैशाख २७, काठमाडौं | बर्ष २०१९ को मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।


कसले कुन विधामा उपाधि जिते ? 

मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ

मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी

मिस नेपाल अर्थ– रिया बस्नेत

मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति

मिस नेपाल सुपर नेशनल- रो लामा

मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी

पपुलर च्वाइस– रिया बस्नेत

मिस फ्यासिनो– अनुश्का श्रेष्ठा

मिस कन्फिडेन्स– निशा पाठक

व्यूटी विध प्रपोज– निकिता कर्माचार्य

यस बिषयमा तपाइको प्रतिक्रिया...!