गायक मिलन लामाले जग्गा बेचेर सडकमा बत्ती बालेपछि...

Posted on: 04 May, 2019

वैशाख २१, चितवन । चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले सडकमा उज्यालोका लागि स्ट्रिट लाइट सहयोग गरेका छन् ।

उनको घर रहेको रत्ननगर ९ मोहनाको सडकमा उनले ६ वटा लाइट जडान गरिदिएका हुन् ।

समाजसेवामा अग्रसर लामाले आफुले जग्गा बेचेको पैसाले लाइट सहयोग गरेको फेसबुकमा लेखेका छन् । ६ वटा लाइटलाई २५ हजार खर्च भएको उनले बताएका छन् ।

सामान्य भोज-भतेरमा खर्च हुने रकमले समाजको मुहार परिवर्तनमा भुमिका खेल्न सक्ने बताउदै उनले सबैले यस्तै प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।


लोक तथा दोहोरी गायकको रुपमा देशविदेशमा ख्यातिप्राप्त लामा लामो समयदेखि समाजसेवीका रुपमा समेत परिचित छन् ।

उनले घर नभएकाहरुका लागि मिलनस् होमको अभियान पनि चलाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!