‘कुटुमा कुटु’ बन्यो यूट्यूवमा सबैभन्दा धेरै हेरिएको पहिलो नेपाली गीत (भिडियो)

Posted on: 23 Apr, 2019

बैशाख १०, काठमाडौं | चलचित्र ‘२ रुपैयाँ’ मा समावेश गीत ‘कुटुमा कुटु’ले यूट्यूवमा १० करोड भ्यूज बटुलेको छ  । राजनराज सिवाकोटीको  शब्द, संगीत रहेको उक्त गीतमा उनकै स्वर रहेको छ भने  उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । यसअघि कुनैपनि नेपाली गीतले करोड भ्युज प्राप्त गरेको छैन । नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो ।

यस गीतले यूट्यूवमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ साह लगायतले अभिनय गरेका  छन् ।

गीत १० करोड क्लवमा प्रवेश गरेपछि संगीतकार शिवकोटीले खुशी सेयर गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सबै दर्शक र स्रोताहरुलाई धन्यवाद दिएका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!