शाहरुख खानलाई ‘ब्रेक’ दिने चर्चित निर्देशक कपुरको निधन

Posted on: 12 Apr, 2019

चैत २९, काठमाडौं | शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको ८७ वर्षको उमेरमा निधन भएको छ ।  उनको बुधबार एक नीजि अस्पतालमा मृत्यु भएको हो ।


उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी हुन् । उनको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरियो । ऋतंभराले आफ्नो पोष्टमा लेखिन्, ‘मेरो बुवा राजकुमार कपुरको बुधबार अबेर राती निधन भयो । उनको अन्तिम संस्कार बिहिबार दिउँसो साढे तीन बजे गरियो ।’

यस्तै, फौजी म्यागजिनको आधिकारिक ट्वीटर ह्यान्डलमा पनि कपूरको निधनबारे जानकारी दिइयो । एजेन्सी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!