सैफ, करिनाका २ वर्षीय छोरालाई फिल्म खेल्न १ करोड !

Posted on: 05 Apr, 2019

चैत २२, काठमाडौं | बलिउड अभिनेता सेफ अली खान तथा अभिनेतृ करिना कपुर खान पुत्र तैमुर अली खान जन्मेदेखि नै चर्चामा रहे।

स्टार किड हुनुका साथै आफ्नो क्युटनेसका कारण उनलाई मिडियाले सधैं पछ्याइरहेको छ। फ्यानमाझ २ वर्षीय तैमुरको क्रेज बढ्दो छ भने लामो समयदेखि उनका फ्यान उनको बलिउड डेब्युको माग गरिरहेका छन्।


भारतीय सञ्चारमाध्यमका अनुसार अब तैमुरका फ्यानको चाहना पूरा हुने भएको छ। खबरअनुसार करिना आफ्नो छोराको बलिउड डेब्युलाई लिएर एक निर्णय गर्दै छिन्। तैमुर आफ्नी आमा करिना कपुर खानका साथ फिल्म गुड न्युजबाट बलिउडमा डेब्यु गर्ने भएका छन्।

फिल्ममा करिनाको अपोजिट अक्षय कुमार हुने भनिएको छ। तर, तैमुरको डेब्युको भने आधिकारिकरूपमा पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ। फिल्ममा करिना तथा अक्षयको बच्चाका रूपमा अभिनय गर्नका लागि एक सानो बच्चाको खोजी भइरहेको करिनाले थाहा पाएपछि उनी आफैंले तैमुरको नाम सुझाएको समाचारमा जनाइएको छ। समाचारमा यो पनि भनिएको छ कि तैमुर आफ्नो डेब्यु फिल्मका लागि एक करोड रुपियाँ पारिश्रमिक लिँदै छन्। एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!