किन फेक अकाउन्ट चलाउछिन् बलिउड नायिका करिना कपुर ?

Posted on: 13 Mar, 2019

काठमाडौं | बलिउड नायिका करिना कपुर खान ती सेलिब्रिटीमा पर्छिन् जो सोसल मिडियासँग सम्बन्धित छैनन् ।  करिना सोसल मिडिया किन प्रयोग गर्दिनन्, के साँच्चै उनी सोसल मिडियामा छैनन् ? यसबारे उनले अरबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा जानकारी दिएकी छिन् । यो एपिसोडको भिडियो सलमान खानको आधिकारिक ट्वीटर ह्यान्डलबाट सेयर गरियो । करिनाले भिडियोमा आफू सोसल मिडियामा नभएपनि सबै कुराबारे जानकारी भएको बताइन् ।


करिनालाई जब अरबाजले सोसल मिडियामा उनको फेक अकाउन्ट छ भनेर सोध्दा करिनाले भनिन्, ‘साँच्चै भन्नुपर्दा यसलाई फेक भन्न सकिन्नँ, यो सक्कली नै हो तर मेरो भिन्न पहिचानको छ । एक अपरिचित पहिचान ।’

करिनाले यसरी सोसल मिडियाबारे जानकारी राख्नु गलत नभएको बताइन् । उनका अनुसार यो एउटा जानकारी जुटाउने माध्यम हो । आफूलाई नीजि जीवनका तस्बिर सोसल मिडियामा अपलोड गर्न मन नपर्ने भएकाले पनि यस्तो गर्ने गरेको उनी बताउँछिन् । आफू यस्तो दबाबका लागि तयार नभएको पनि उनले बताइन् ।

करिना सोसल मिडियामा हुनु नहुनुले कुनै फरक नपार्ने बताउँछिन् । उनी भन्छिन्, ‘अन्ततः कुराहरु सार्वजनिक भइछाड्छ ।’ आफूलाई सोसल मिडियामा मानिसहरुले गरेको कमेन्ट पनि पढ्ने गरेको उनले उक्त कार्यक्रममा बताइन् । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!