नोभिनको नया म्युजिक भिडियो तेरे पिछे सार्वजनिक ( भिडियोसहित )

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौं | भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ। हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको गीत संगीत र फिल्मका हामी  धेरै फ्यान नै छौ। अब समय फेरिएको छ अरु देशका संगीतकर्मी अब आफ्नो सोर्ता खोज्दै नेपालमा आउने कर्म बढ्दैछ । तेति मात्रै होइन अब आफ्नो सिर्जनालाई नेपाली सोर्ता माझ पुर्याउन उनिहरु प्रयासरत छन। 

हाल अमेरिका रहेका पाकिस्तानी मुलका  गायक , रचनाकार र म्युजिक प्रोड्युसर नोभिन मौरिसले आफ्नो नयाँ म्युजिक भिडियो " तेरे पिछे " सार्वजनिक गरेका छन। उनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक यस गीतमा उनको आफनै स्वर रहेको छ भने यस गीतमा र्याप आइजेको  रहेको छ । गीतमा शब्द र संगीत आशिक मुसिकको रहेको छ। नोभिन गायक मात्रै नभएर एक राम्रो प्रफोमिङ आर्टिस्ट पनि हुन उनले बलिउडका चर्चित कलाकार मिका सिंह , प्रीतम , सुश्मिता सेन लगायतका कलाकार संग स्टेज शेयर गरिसकेका छन। आगामी दिनमा नेपाली कलाकार संग पनि सहकार्य  गरेर अघि बढ्ने उनको सोच छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!