नेपाल आइडल होस्ट रीमा विश्वकर्मा परिन् ‘मनको पिँजडामा’ (भिडियोसहित)

Posted on: 15 Feb, 2019

फागुन ३, काठमाडौं | चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा अभिनित ‘मनको पिँजडामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रीमाको साथमा योगेन्द्र राईलाई देख्न सकिन्छ । 

यस गीतमा योगेन्द्रले स्वर भरेका छन् । गीतमा आसुपूर्ण खलिङ राईका शब्द  तथा निश्चल राईको संगीत छ । भिडियोमा माधव बेलबासको सम्पादन, अमृत सुनुवारको छायाँकन छ । रिमालाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा फर्काएका हुन् ।

सञ्चारकर्मीका रुपमा समेत चिनिएका निर्देशक नव ढुंगेल विगत ६ बर्षदेखी म्युजिक भिडियो, एबं विज्ञापन निर्माणमा सक्रिय छन् । उनले हालसम्म २०० जति भिडियो  र थुप्रै विज्ञापन निर्माण गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!