बर्षा र संजोगको बिहे यसरी भयो, पत्रकारलाई नो इन्ट्रि (भिडियो हेर्नुहोस्)

Posted on: 14 Feb, 2019

फागुन २, काठमाडौं ।  अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतको बिवाह सम्पन्न भएको छ ।  प्रेम दिवसको अवसर पारेर सान्साले हिन्दू परम्परा अनुसार उनीहरुले बिहीबार विवाह गरेका छन् । बिवाहको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको छ । फोटोमा संजोग र वर्षा दुबै खुशी देखिएका छन् ।

दुलहाको पहिरनमा संजोग निकै आकर्षक देखिएका छन् भने दुलहीको पहिरनमा बर्षा निकै राम्री देखिएकी छिन् । ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उक्त फोटोहरु सार्वजनिक गरेको छ । 

बिवाहमा कस्तो देखिएका छन् त बर्षा र सन्जोग तलको भिडियोमा हेर्नुहोस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!