संगीता प्रधानको ‘मायाको तृष्णा’ सार्वजनिक (भिडियोसहित)

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं । गायिका संगीता प्रधान रानाको नयाँ गीत ‘मायाको तृष्णा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीको एकस्टिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो पनि स्टुडियोमै खिचिएको हो ।

गीतमा प्रज्जवल शमशेर जबराको शब्द तथा सचिन सिंहको संगीत र एरेन्ज छ । भिडियोमा गायिका संगीता, संगीतकार सचिन, रिदम कुमार सिंह ‘महाराज’, भायोलिन रविन कार्की ढली, फ्लुट गोपाल देव फिचर्ड छन् । 

प्रकाश मिश्रले निर्देशन गरेको भिडियोमा खेम थापाको छायांकन, रितु रानाको मेकअप, अधिनायक एम शेरचनको सम्पादन छ । गायक संगीताले आफूलाई गुनगुनाइरहन मन लाग्ने गीतमा ‘मायाको तृष्णा’ पनि एक हुने बताइन् । भिडियो अकेस्टिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!