हलिउड स्टार रिचर्ड गेरे ७० वर्ष पुग्नै लाग्दा बुवा बने

Posted on: 11 Feb, 2019

काठमाडौं | हलिउड स्टार रिचर्ड गेरे ७० वर्ष पुग्नु सात महिनाअघि दोस्रो पटक बुवा बनेका छन् ।

स्प्यानिश म्यागजिन होलाका अनुसार प्रिटी वुमन स्टार एवं गेरेकी श्रीमती एलिजान्ड्राले केही दिन अघि छोरालाई जन्म दिएकी हुन् ।


गेरे र उनकी पूर्व श्रीमती क्यारे लोवेलको होमर जेम्स जिग्मे नामका १८ वर्षे छोरा छन् ।

एलेजान्द्राको पनि पूर्व श्रीमान गोबिन्द फ्रिडल्याण्डबाट ६ वर्षका छोरा छन् ।

एलेजेन्द्राले गत सेप्टेम्बरमा आफू गर्भवती भएको पुष्टि गरेकी थिइन् । गेरेसँग विवाह भएको ६ महिनापछि उनी गर्भवती भएको खबर सार्वजनिक भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!