मध्यरातमा प्लेन चढेर नायिका पूजा र आकाश कहाँ गए ? (भिडियो)

Posted on: 07 Feb, 2019

माघ २४, काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को युनिट लण्डन गएको छ । सो फिल्मको छायांकन गर्न नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठसहितको टोली राति लण्डन गएको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ । सो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ ।

साथमा चलचित्रमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!