तेलको डिब्बाले किचेर ट्रकका सहचालकको मृत्यु

Posted on: 10 Feb, 2017

टंक सुनार/माघ २८, रुपन्देही । रुपन्देहीको भलुहीमा तेलको डिब्बाले किचेर ट्रकका सहचालकोे मृत्यु भएको छ । 

बुटवल बाट खैरेनी तर्फ आउँदै गरेको ग १ ख ७०१ नम्बरको ट्रकमा रहेको तेलको डिब्बले किच्दा सोही ट्रकका सहचालक सिमलटारी–२ गुल्मीका २७ बर्षिय कृष्ण अर्यालको ज्यान गएको देवदह प्रहरीले जानकारी दिएको छ । 

टालि नभएको ट्रकमा टोचनमा बाधेर तेलको डिब्बा ल्याइएको र डिब्बा खस्न खोजेर मिलाउन खोज्दा टोचन फुस्केर सहचालक अर्याललाई डिब्बाले किचेको प्रत्यक्षदर्शीले बताएका छन । डिब्बाले किचेर गाइते भएका अर्याललाई उपचारका लागि देवदह मेडिकल कलेज देवदह लगिएकोमा डाक्टरले मृत घोषिणा गरेका थिए । 

शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको देवदह प्रहरी प्रमुख भक्तिराम खनालले बताउनु भयो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!