अबदेखि विदेश जाने यात्रुले सेल्फ बोर्डिङ लिन तथा चेकिङ गर्न सक्ने

Posted on: 01 Apr, 2021

चैत्र १९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुले आफै बोर्डिङ पास तथा ब्यागेज सेल्फ चेकिङ गर्न सक्ने प्रविधि जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस अघि प्रयोग गर्दै आएको ‘सिताज’ प्रविधिको ठाउँमा आफ्नै लगानीका ‘कप्स’ प्रविधि जडान गरेको हो ।

यात्रुलाई सहजता हुने र प्राधिकरणको आय बढने गरी नयाँ प्रविधि जडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए। ‘सिताज’ प्रविधिसँग आय सेयर गर्दै आएको प्राधिकरणले अब सबै आय आफ्नो मात्र बनाएको छ । 


यस प्रविधिको प्रयोगबाट यात्रुले साझा काउन्टर सेवा लिन पाउनेछन् । अबदेखि यात्रुले जुनसकै काउन्टरबाट जुन सुकै एयरलाइन्सको टिकट भए पनि बोर्डिङ तथा ब्यागेज चेकको काम गर्न पाउने छन्। साथै यात्रुले सेल्फ बोर्डिङ पास तथा सेल्फ चेकिङ आफै गर्न पनि सक्ने तिवारीले जानकारी दिए। 

नयाँ प्रविधिको प्रयोगबाट साझा काउन्टर सेवा, सेल्फ बोर्डिङ तथा ब्यागेज चेक गर्न सकिनेछ। नयाँ प्रविधिको प्रयोगको प्रयोगबाट ताकेको भन्दा बढी तौल भएको ब्यागेज स्वत रिजेक्ट गर्ने तिवारीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!