एक दशकमा रोजगारीको लागि कतार गएका १ हजार ६ बढी नेपालीहरुले ज्यान गुमाए

Posted on: 26 Feb, 2021

फागुन १४, काठमाडौँ । नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीहरुले ज्यान गुमाएका छन् । बैदेशिक रोजगारीकोलागि गएका श्रमिकहरुको विभिन्न कारणले एक दशकमा १ हजार ६ सय ४१ नेपालीको मृत्यु भएको हो ।

कतारमा विश्वकप फुटवल प्रतियोगितालागि रंगशाला निर्माणको काम भएयता ज्यान गुमाउने आप्रवासी श्रमिकको संख्या बढेको छ । सन् २०११ द्येखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले कतारमा ज्यान गुमाएको बेलायती सञ्चार माध्यम गार्जियनले जनाएको छ ।

गार्जियनका अनुसार हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु भएको देखिएको छ । ज्यान गुमाउने आप्रवासी श्रमिकहरु मध्ये सबैभन्दा बढी भारतका रहेका छन् । एक दशकमा २ हजार ७ सय ११ भारतीय नागरिकको कतारमा मृत्यु भएको उक्त संचारमाध्यमले उल्लेख गरेको छ ।

ज्यान गुमाउने मध्ये४८ प्रतिशत नेपालीको प्राकृतिक मृत्यु भएको,१६ प्रतिशतको सडकमा दुर्घटनामा परेर, १० प्रतिशतको कार्यथलोमा भएको दुर्घटनामा परेर मृत्यु भएको देखिएको छ । मृत्यु भएका मध्ये ७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

पछिल्लो एक दशकमा कतारमा विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माणमा तिब्रता दिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार सन् २००८ देखि २०१९ बीचमा विभिन्न मुलुकहरुमा ७ हजार ४ सय ६७ नेपालीले ज्यान गुमाएका छन् ।

सवैभन्दा धेरै नेपालीको मृत्यु मलेशियामा भएको देखिएको छ भनें दोश्रोमा कतारमा देखिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!